Logo
  मंसिर २०, २०७९ मंगलबार

झापा २ मा एमालेलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार



झापा, ६ मंसिर । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत)ले निरन्तर पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मंगलबार राति ९ बजेसम्ममा एमालेका घिमिरेले १४ हजार २ सय ३६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार नेपालले १२ हजार ५ सय ७९ मत प्राप्त गरि घिमिरेलाई पछ्याइरहेका छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)को गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका हरि रानाले ७ हजार ६ सय ३ मत प्राप्त गरेका छन् । हालसम्म ४० हजार १ सय ३७ सदर मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्