Logo
  माघ १६, २०७९ सोमबार

प्रधानमन्त्री देउवा शुक्रबार भारत जाने



काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री देउवासँगै उनकी श्रीमती डा.आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्