Logo
  श्रावण ३०, २०७९ सोमबार

शेयर बजार साढे ५७ अङ्कले बढ्यो



काठमाडौँ, १९ असार । हप्ताको पहिलो दिन शेयर बजार साढे ५७ अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आइतवार ५७ दशमलव ६१ अङ्कले बढेर दुई हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजारमा हरियाली देखिएको छ । व्यापार, जलविद्युत, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ३१ वटा कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २२ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्