Logo
  माघ १५, २०७९ आईतबार

बिर्तामोडमा मोटरसाइकल दुर्घटनाः दुबै जना चालकको मृत्यु



झापा, ३१ असोज । बिर्तामोड नगरपालिका वडा नम्बर २ बेलडाँगीमा सोमबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मे ५ प १६० र मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुबै जना मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा बाह्रदशी २ का २५ वर्षीय अनिस साउदेन र वडा नम्बर ६ का ४३ वर्षीय भोलाराज भुजेलको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा सोमबार साँझ साढे ७ बजे मत्यु भएको हो । मृतक भोलाराजकी श्रीमती चन्द्रकला भुजेल र छोरी प्रश्ना भुजेलको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्