Logo
  असार २०, २०७९ सोमबार

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु



काठमाडौँ, ९ असार । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकमा मन्त्री हेरफेरमा भएको ढिलाइबारे छलफल हुने बताइएको छ । गएको जेठ २२ गते बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन नभएको भन्दै केही नेता असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्