Logo
  आश्विन १६, २०७९ आईतबार

‘समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ’



काठमाडौँ, ६ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् ।

सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन् ।

मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भई काम गर्न आग्रह गरिन् । उनले नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । मन्त्री रेग्मीले मुलुक सङ्घीय संरचनामा गइसकेको विद्यमान अवस्थामा परिषद्ले आफ्नो भूमिकालाई समय सापेक्ष परिमार्जन गर्दै परिषद्को संरचनागत विस्तर गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

परिषद्बाट गरिने सेवालाई सहज र छिटोछरितो बनाउन विद्युतीय माध्यमबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् । परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनुरुप परियोजना सञ्चालन गर्नेगरी सङ्घ संस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुआत गरिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्