Logo
  माघ १६, २०७९ सोमबार

शेयर बजार दोहोरो अङ्कले बढ्यो



काठमाडौँ, १४ कात्तिक । तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ विन्दुमा पुगेको छ ।

आज विकास बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । दुई सय २४ वटा कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ६९ करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्