Logo
  माघ १६, २०७९ सोमबार

राप्रपाले आगामी निर्वाचनमा अप्रत्याशित नतिजा ल्याउँछ: लिङ्देन



काठमाडौँ, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउने दाबी गरेका छन् ।

शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उमेदवार उठेको भन्दै अप्रत्याशित नतिजा आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दाबी गरेका थिए ।

आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्यूहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्