Logo
  माघ १६, २०७९ सोमबार

ताेसिमाकाे उम्मेदवारी खारेज नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश



काठमाडौँ , १५ कात्तिक । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले मङ्गलवार कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गएको शनिवार उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्कीले हिजो सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्