Logo
  माघ २१, २०७९ शनिबार

प्रमुख दलका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त



काठमाडौँ, १७ कात्तिक । प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् ।

निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि शीर्ष नेताहरु प्रचारप्रसारमा हिँड्न थालेका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा मतदाता भेटघाट र घरदैलोका लागि हिजै कैलालीको धनगढी पुगेका छन् । उनी आज गृह जिल्ला डडेलधुरा पुग्दै छन् । डडेलधुराबाट उनले चुनावी आमसभाको सुरुवात गर्दै छन् ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न शुक्रवार उपत्यकाबाहिर जाँदै छन् । ओलीले भोलि सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ-आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन् । प्रचण्ड पुन: केही दिन उम्मेदवार रहेको गोरखा-२ मै केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि गृहप्रदेश मधेसमै केन्द्रित छन् ।

प्रतिक्रिया दिनुहोस्