Logo
  श्रावण ३०, २०७९ सोमबार

निर्वाचनमा तालमेल गर्ने निर्णय संविधानविपरित: रावल



काठमाडौँ, २० साउन । नेकपा(एमाले)का नेता डा.भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनै पनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने बताएका हुन् ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको उनले बताए । रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्