Logo
  श्रावण ३०, २०७९ सोमबार

नेताहरूको राजनीतिक यात्रा सोचेजस्तो सजिलो छैन्: नेपाल



काठमाडौँ, २० साउन । नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरूको राजनीतिक यात्रा मानिसहरूले सोचेजस्तो सजिलो नभएको बताएका छन् ।

शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए ।

उनले राजनीति घुमाउरो बाटोमा हिँड्ने र धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरुपमा राजनीतिक उद्देश्य राख्नुपर्ने सुनाएका छन् ।

उनले भने,‘ पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचरण हुनुपर्छ ।‘

प्रतिक्रिया दिनुहोस्