Logo
  माघ १६, २०७९ सोमबार

टी-२० विश्व कप: नामिबियासँग श्रीलङ्का पराजित



जिलङ, ३० असोज । आईसीसी टी-२० विश्व कपको उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएको छ ।

साइमन्ड्स स्टेडियम जिलङमा भएको खेलमा नामिबियाले ५५ रनले हराएको हो ।

नामिबियाले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस, बेर्नार्ड, बेन शिकोङ्गो र जान फ्रिलिङ्कले दुई-दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनायो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४४ जेजे स्मिटले ३१ रन बनाए । बलिङतर्फ प्रमोद मदुशानले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्