टी-२० विश्व कप: वेस्टइन्डिजसँग जिम्बावे पराजित
होबार्ट, २ कात्तिक । आईसीसी टी-२० विश्व कपमा वेस्टइन्डिजले जिम्बावेलाई हराएको छ ।
होबार्टमा भएको खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले हराएको हो ।
वेस्ट इन्डिजले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर २ बलमा एक सय २२ रनमै अलआउट भयो । उसका लुक जोङ्वीले २९ र वेसले माधेभिरेले २७ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अलजारी जोसेफले चार र जेसन होलडरले तीन विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाए । उसका जोनसन चाल्र्सले ४५ र रोभम्यान पोवेलले २८ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिएका थिए ।