Logo
  श्रावण ३०, २०७९ सोमबार

अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति



काठमाडौँ, २० असार । नेकपा एमालेले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेतारकार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ । आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेतारकार्यकर्ताले आगामी दिनमा पाठ सिक्ने गरी छानबिन समिति गठन गरेर एमालेले औपचारिकता निभाएको हो ।

संघ तथा प्रदेशको निर्वाचन नजिकिँदै गर्दा पार्टी नेतारकार्यकर्तालाई चिढ्याउने गरी कारबाही चाहिँ नगर्ने तर सचेत भने गराउने उद्देश्यले छानबिन समिति बनाएको बताइएको छ । स्थानीय तहको निर्वाचनको छानबिन गर्दा ललितपुर, पोखरा, काठमाडौँ, धरान, कैलालीलगायत विभिन्न पालिकामा थुप्रै नेतारकार्यकर्तामाथि निर्मम रूपमा कारबाही गर्नुपर्ने अवस्था रहेको भनी पार्टीमा चर्चा चल्ने गरेको छ ।

काठमाडौँ र पोखरा महानगरपालिकाका हकमा उम्मेदवारप्रति चित्त नबुझेकाले मत अर्कोतिर गएको अनुमान गरिएको छ । बुटवल, कैलालीलगायत स्थानीय तहमा पनि अन्तर्घात भएको भन्ने रिपोर्टिङ गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्