युक्रेनकाे राजधानी किभमा हवाई आक्रमण
युक्रेन, ३१ असोज । युक्रेनको राजधानी किभमा रुसले पुन: आक्रमण गरेको छ ।
आज बिहानै किभमा तीन वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मेयर भिटाली क्लिट्स्कोले आवासीय भवनहरू क्षतिग्रस्त भएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कामिकाजे ड्रोनबाट भएको दाबी गरेका छन् ।
सरकारले स्थानीयलाई सुरक्षित ठाउँमा बस्न र खतराका साइरनको बेवास्ता नगर्न सचेत गराएको छ । कामिकाजे ड्रोन इरानमा बनेको हो । युक्रेनले इरानबाट रुसमा ड्रोन निर्यात गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ ।