Logo
  माघ १६, २०७९ सोमबार

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड



काठमाडौँ, ३ कात्तिक । नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ ।

त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ ।

डलरको भाउ बुधबार १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर आज अहिलेसम्मकै उच्च भएको हो । विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको हो ।

डलर बढ्दा आयातित सामानको मूल्य बढ्न जान्छ । जसको प्रभावले देशको व्यापार घाटा र समग्रमा महँगी बढ्न जान्छ । भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

प्रतिक्रिया दिनुहोस्