Logo
  आश्विन १६, २०७९ आईतबार

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे



काठमाडौँ, ५ असोज । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अङ्कमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता शेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्