Logo
  माघ १७, २०७९ मंगलबार

एकीकृत समाजवादीका १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ हुने



काठमाडौँ, २९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चैत २० गते पूर्ण सुनुवाइ गर्ने भएको छ ।

मुद्दाको लिखित जवाफ आइसकेको भन्दै सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले चैत २० गते मुद्दाको पूर्ण तथा अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । ‘यसमा लिखित जवाफ परिसकेको देखिएको र निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरूपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा चैत २० गते आइतवारको पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार गरी पेस गर्नू’, आदेशमा भनिएको छ ।

पार्टीभित्र विवाद बढ्दै गएपछि नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट निष्कासन गरेको थियो तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि एमालेले हटाएका सांसदलाई मान्यता दिएर नयाँ दल दर्ता गरेको भन्दै उसले सर्वोच्चमा मुद्दा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्