Logo
  आश्विन १६, २०७९ आईतबार

शेयर बजार उच्च अङ्कले बढ्यो



काठमाडौँ, ३० साउन । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से सोमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय १५ वटा कम्पनीको ६० लाख २६ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्