Logo
  माघ १६, २०७९ सोमबार

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

पार्टीको केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा आज दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ । एमालेले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्