Logo
  माघ १९, २०७९ बिहीबार

चलचित्र विकास बोर्ड अध्यक्षको कामकाज गर्न भुवन केसीलाई बाटो खुल्यो



काठमाडौँ, १९ मंसिर । भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा कामकाज गर्न अवरोध हटेको छ ।

केसीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले गत साउन ३० गते केसीलाई बोर्डको अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि सुनुवाई रोकिएको रिटमा आज न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो ।

आदेशसँगै केसीले अध्यक्षको हैसियतमा काम गर्न तत्कालको लागि बाटो खुलेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । साथै अदालतले यो मुद्दालाई सुनुवाईका लागि पूर्ण इजलासमा पठाउने आदेश पनि दिएको छ ।

विकास बोर्डको अध्यक्षका लागि स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था भए पनि केसी स्नातक उत्तीर्ण नभएको भन्दै नरेशकुमार पौड्यालसहित पाँच जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्