Logo
  माघ २१, २०७९ शनिबार

कारको ठक्करबाट ३५ दिनको शिशुसहित तीन जनाको मृत्यु



रुपन्देही, १४ कात्तिक । रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको छ ।

बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्