Logo
  माघ १६, २०७९ सोमबार

ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट



ताप्लेजुङ, १५ कात्तिक । ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

फक्ताङलुङ गाउँपालिका-४ ईखाबुमा आज मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हो ।

विद्युत् शर्ट भएर आगलागी भएको र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्