Logo
  माघ १७, २०७९ मंगलबार

पौडेल भन्छन्: १५ हजार मतान्तरले जित्छु 



बडिगाड, १६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् ।

बुधबार बडिगाड गाउँपालिका-३ सिसाखानीको चुनावी सभालाई सम्बोधन गर्दै उनले १५ हजार मतान्तरले जित्ने दाबी गरेका हुन् ।

“गठबन्धनको मतको हिसाबगर्दा हामी १५ हजार मतले अघि छौं,” उनले भने,“बागलुङ क्षेत्र नम्बर २ कादुई प्रदेश सदस्यसहित प्रतिनिधिसभा सदस्यमा हामीले जितिसकेका छौं औपचारिक घोषणा हुन मात्र बाँकी छ ।”

उनले नेकपा एमाले पार्टी लोकतन्त्र विरोध भएको बताएका छन् । “लोकतन्त्र भनेको बहुमतको शासन, अल्पमतको प्रतिपक्ष हो,” उनले भने, “केपी ओलीले अल्पमतमा पर्दा पनि संविधानलाई मास्न खोज्नुभयो ।”

लोकतान्त्रिक प्रणाली स्थापनाका लागि निर्वाचन आयोगले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको बताउँदै निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गरे । देशको लोकतान्त्रिक प्रणाली धरापमा पार्न खोजेकाले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्