Logo
  असार २०, २०७९ सोमबार

इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिच्यो: भिम रावल



काठमाडौँ, ८ असार । नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन् । आज राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै उनले इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताए ।

उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली (देवनागरी) मा हुनुपर्ने व्यवस्था छ । तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ । यो ठेक्कामा अर्बौ रकमको घोटाला भएको हुन सक्ने आशंका गर्दै रावलले भने, ‘चोलेन्द्रले इम्बोस्ड नम्बरमा चलखेल गरेर अर्बौ रकम कुम्ल्याएको भनेर अक जना अधिवक्ताले सार्वजनिक मंचमै बोल्नु भएको छ ।’

यसैगरी रावलले इम्बोस्ड​ नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे । उनले भने, ‘इम्बोस्ड नम्बर छाप्दा बाहिरिने अर्बौ रकम नेपालमा बस्थ्यो । तर, त्यो सबै रकम बाहिर जाने भयो ।’ यसमा ठेकेदारको घुसपैठ क्षमता बारे जानकी हुने रावलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्