Logo
  माघ १६, २०७९ सोमबार

क्रिकेटर कमलसिंह ऐरीको काँधको शल्यक्रिया



फाइल फाेटाे

काठमाडौँ, २० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमलसिंह ऐरीको काँधको शल्यक्रिया गरिएको छ ।

कलङ्कीको नेपाल नेशनल अस्पतालमा आज आइतवार बिहान कमलको शल्यक्रिया भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

कमलको काँधको हड्डीमा लागेको चोट निको हुुन ६ हप्ता लाग्ने उपचारमा संलग्न डाक्टर निरज केसी र निराजन सुवेदीले बताउनुभएको क्यानले जानकारी दिएको छ ।

त्रिदेशीय टी-२० शृङ्खला अन्तर्गत हिजो शनिवार मलेसियासँगको खेलका क्रममा कमलसिंह ऐरीलाई बलले काँधमा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्