Logo
  आश्विन १६, २०७९ आईतबार

नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत: अध्यक्ष यादव



हेटौँडा, ५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताएका छन् ।

आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आएका नेता यादवले विधेयक प्रमाणीकरण नहुन्दा मानवअधिकार खोसिएको बताए ।

उनले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन गर्नु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्