Logo
  मंसिर २०, २०७९ मंगलबार

प्रतिनिधि सभाको ८० ठाउँको नतिजा सार्वजनिक



काठमाडौँ, ८ मंसिर । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ८० वटाको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त नतिजाअनुसार कांग्रेस २९, एमाले १८, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ ठाउँमा विजयी भएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुई ठाउँमा विजयी भएका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्