झाँक्रीविरुद्ध बागी उठेका भुसालले लिए उम्मेदवारी फिर्ता
गुल्मी, १ कात्तिक । गुल्मी क्षेत्र नंबर-२ मा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् ।
भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् ।
उनले गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गरेका छन । भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई केही राहत भएको छ ।
गुल्मीमा यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ । गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए ।