Logo
  माघ २५, २०७९ बुधबार

बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ



बझाङ, ९ चैत । बहिनी बलात्कार गरेको आरोपमा बझाङमा दाजु पक्राउ परेका छन् ।

आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन् ।अभियुक्तलाई पक्राउ गरिएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्