Logo
  जेष्ठ ८, २०७९ आईतबार

युक्रेन फुटबल टिम मैदानमा फर्कियो



काठमाडौँ, २९ वैशाख । युद्धबाट ग्रसित युक्रेनको टिम फुटबल मैदानमा उत्रिएको छ । युक्रेनको पुरुष फुटबल टिमले बुधबार राति च्यारिटी खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबचलाई २–१ ले हरायो ।

युक्रेनले विश्वकप छनोट प्लेअफको तयारीस्वरूप जर्मन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । रुसले आक्रमण गरेपछि युक्रेनले पहिलोपटक फुटबल खेलेको हो । खेलमा २० हजार दर्शक उपस्थित थिए ।

खेलबाट उठेको रकम द्वन्द्वबाट प्रभावितको सहयोगार्थ काम गरिरहेका संस्थाहरूलाई प्रदान गरिनेछ । खेलमा युक्रेन नागरिकलाई भने निःशुल्क प्रवेश दिइएको थियो ।

युक्रेनले प्लेअफको सेमिफाइनलमा स्टकल्यान्डविरुद्ध आउँदो जुन १ तारिखमा प्रतिस्पर्धा गर्नेछ । विजयी टोलीले प्लेअफ फाइनलमा वेल्सविरुद्ध खेल्नेछ । प्लेअफ सेमिफाइनल खेल सुरुमा मार्च २४ मा हुने भनिएको थियो ।

युक्रेनले पछिल्लोपटक नोभेम्बरमा खेलेको थियो । बोस्निया हर्जगोभिनालाई २–० ले हराएपछि युक्रेनले प्लेअफमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्