Logo
  माघ १५, २०७९ आईतबार

नेपालको संसदीय व्यवस्था गलत दिशातिर: महरा



काठमाडौँ, २९ असोज । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् ।

शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौँ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरेका थिए ।

उनले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गरे । उनले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाएका छन् ।

उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सकरारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिर गरे । उनले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरुको गठबन्धन भएको आरोप पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्