Logo
  आश्विन १६, २०७९ आईतबार

सबैभन्दा धेरै मतदाता मोरङ र कम मनाङमा



काठमाडौँ, ३१ भदौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।

आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ ।

यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा आठ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्