Logo
  आश्विन १६, २०७९ आईतबार

महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई



काठमाडौँ, ४ असोेज । छैटौँ संस्करणको साफ महिला च्याम्पियनशिप २०२२ को उपाधि बङ्ग्लादेशले जितेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई तीन-एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्यो । बङ्ग्लादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के.सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन् ।

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएको हो । नेपाल भने पाँचौँ पटक फाइनलमा पराजित बनेको छ । यसअघि पाँचमध्ये चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्