Logo
  माघ २२, २०७९ आईतबार

झारफुकको बहानामा बलात्कार गरेको आरोपमा मुखिया पक्राउ



धनुषा, ३ कात्तिक । धनुषामा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका-३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

मुखियाले झारफुक गर्ने क्रममा ती महिलाकै घरमा बलात्कार गरेकोे उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्