पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा
चीन, १६ कात्तिक । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चीनको राजधानी बेइजिङ पुगेका छन् ।
उनी दुई दिने भ्रमणका लागि मंगलबार बेलुका चीन गएका हुन् ।
आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा बेइजिङमा पुगेका प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।