Logo
  श्रावण ३०, २०७९ सोमबार

श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी



श्रीलंका, २० असार । श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै ऊर्जामन्त्रीले उक्त जानकारी दिएका हुन् ।

तेल अभावले सार्वजनिक यातायात सबै ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन अवस्थामा छन् ।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए । अर्काे पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् ।

टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्