मेरिङदेन-६ मा एमालेको प्यानल विजयी
ताप्लेजुङ, ३१ वैशाख । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो ।
एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी भएका छन् । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका हुन् ।
त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो ।
यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।