Logo
  माघ २२, २०७९ आईतबार

लेटाङको झडपमा घाइते भएकी महिला प्रहरी श्रेष्ठको मृत्यु



उर्लाबारी, ७ चैत । मोरङको लेटाङमा स्थानीयसँगको झडपमा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । टाउकोमा गम्भीर चोक लागेकी प्रहरीको कोशी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको आरोप लगाउँदै स्थानीयले विद्यालय घेराउ गरेका थिए । आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गरेर फर्कँदै प्रहरीमाथि स्थानीयले घरेलु हतियारले आक्रमण गरेका थिए । अक्रमणमा थप ७ जना प्रहरी घाइते भएका छन् ।

कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षक पौडेलले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई पक्रेर इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्