Logo
  आश्विन १६, २०७९ आईतबार

रुकुम पूर्वमा बस दुर्घटना: तीन जनाको मृत्यु



रुकुम पूर्व, ६ असोज । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिए । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताए ।

प्रतिक्रिया दिनुहोस्