Logo
  माघ २५, २०७९ बुधबार

टी-२० विश्व कप: इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द



मेलबर्न, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल रद्द भएको छ ।

मेलबर्न क्रिकेट मैदानमा वर्षा नरोकिएपछि यी दुईबीचको खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् । योसँगै इङ्ग्ल्यान्ड तीन खेलमा तीन अङ्कसहित समूह ‘१’ को दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलमा उति नै अङ्क भएको अस्ट्रेलिया नेट रनरेटको आधारमा चौथो स्थानमा छ ।

यसअघि आज बिहान आयरल्यान्ड र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्