Logo
  माघ १६, २०७९ सोमबार

भतिजकाे खुकुरी प्रहारबाट काकाकाे मृत्यु



खोटाङ, १२ कात्तिक । खोटाङमा भतिजको खुकुरी प्रहारबाट काकाको मृत्यु भएको छ ।

आपसी वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको ज्यान गएको हो ।

खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

पत्थरमानले रक्सी खाएको बेला काकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्