Logo
  माघ २२, २०७९ आईतबार

कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन्ः पौडेल



बागलुङ, १२ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन् ।

शनिबार गलकोट नगरपालिका-१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए । “कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्,” केपी ओलीले दुई-दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो ।”

उनले राजतन्त्रफालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताए । “अब बन्ने गठबन्धनको सरकारले संविधानको मुल मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उनले भने, “राजनीतिक स्थायीत्वको लागि गठबन्धनको सरकार बन्छ ।”

प्रतिक्रिया दिनुहोस्