Logo
  माघ २५, २०७९ बुधबार

आफ्नै मृत्यु प्रमाणपत्र बनाए ! सजायबाट बच्न अदालतमा पेस गर्न लगाए



काठमाडौँ, १ कात्तिक । भारत बिहार भागलपुरका एक शिक्षकले आफ्नो मृत्युको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर अदालतमा पेस गरेका छन् । शिक्षक निरज मोदीले छात्रालाई दुव्र्यवहार गरेको आरोपमा अदालतमा मुद्दा चलेको मुद्दाबाट बच्न आफ्नो नक्कली मृत्यु प्रमाणपत्र बनाएका हुन् ।

शिक्षक निरजले लाई १४ अक्टोबर, २०१८ मा छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले अदालतमा मुद्दा चलाएको थियो । अदालतबाट हुने सजायबाट बच्न उनले आफ्नो मृत्यु भएको नक्कली प्रमाणपत्र बनाउन लगाएर अदालतमा पेस गरे । उनले यी सबै काम आफ्ना पिता राजाराम मोदीको सहयोगमा गरेका हुन् । मृतकलाई चित्तामा राखे जस्तै गरी उनी चित्तामा सुते । पिताले दाग बत्ती दिए । तस्बिर खिचियो । र, स्थानीय अधिकारीबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएर पिताले अदालतमा पेस गरे । आरोपीको मृत्यु भएको प्रमाण पेस भए पछि यो मुद्दाको फायल बन्द भएको थियो ।

अदालतमा चलेको मुद्दाको फायल बन्द भएपछि निरज र पिता राजाराम भूमिगत भए । उनीहरु देखा पर्न छाडे । तर, पीडितकी आमालाई निरजको मृत्यु भएको विषयमा शंका लागि २३ जुलाई, २०२२ मा अनुसन्धानका लागि स्थानीय अधिकारी समक्ष निवेदन दिइन् । जाँच हुँदा निरजको मृत्यु प्रमाणपत्र नक्कली भएको खुलासा भयो । र, सरकारी कागजात नक्कली बनाएको आरोपमा पिता राजाराम पक्राउ परेका छन् । उनी कारागारमा रहेका छन् । आजतकबाट

प्रतिक्रिया दिनुहोस्