‘कम्युनिष्ट पार्टी टुक्राटुक्रा भइसके अबको मूल पार्टी जसपा हो’
काठमाडौँ, १० चैत । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने दाबी गरेका छन् ।
कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएकाले अबको मूल पार्टी भनेको जसपा नै हुने दाबीसमेत उनले गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है । कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ । कम्युनिष्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर, भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो जसपा त्यसको भ्रूण हो ।’
उनले कम्युनिष्ट पार्टी टुक्रा भए पनि एउटै धार भएकाले अझै केही समय रहने विश्लेषण गरेका छन् ।
नेपाली राजनीतिको दुइ हैन तीन धार हुनेछ है!कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ।कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ।अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो!जसपा त्यसको भ्रूण हो!
— Baburam Bhattarai (@brb1954) March 24, 2022