Logo
  माघ १६, २०७९ सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा तामाङ पक्राउ



भक्तपुर, १० चैत । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका-२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका-२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्