Logo
  असार २०, २०७९ सोमबार

महाशिवरात्रिमा पशुपतिः बिन्दास साधु-सन्त

(१४ तस्बिर)



काठमाडौँ, १६ फागुन । मंगलबार हुने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ परिसर झिलिमिली बनाइएको छ । नेपाल तथा भारतका विभिन्न् स्थानबाट आएका साधु र सन्तको आगमन र सजावटले पशुपतिमा रौनक बढेको छ । दर्शनार्थीको भीड सोमबारबाटै बढेको छ । साधु-सन्त गाँजा तान्न मस्त छन् । उनीहरुको महाशिवरात्रिमा बिन्दास बनेका छन् ।

पशुपति क्षे विकास कोषले सजावटसँगै हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यस वर्षको महाशिवरात्रिलाई विशेष बनाउन निर्देशन दिएपछि पशुपति क्षेत्र फूल र बिजुली बत्तीले रङ्गीचङ्गी भएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थलमा ५ण् लाखको खर्चमा सजावटको काम गरिएको छ । कोषले पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाएको छ ।
हेर्नुहोस् तस्बिरः

प्रतिक्रिया दिनुहोस्