Logo
  माघ १६, २०७९ सोमबार

अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरियो: ओली



काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरिएको बताएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनमा विरोध गर्दै उनले अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दा खोज्दै निलम्बनमा परेको टिप्पणी समेत गरेका थिए ।

आज काठमाडौँमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गरी ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भएको बताए ।

कार्यक्रममा ओलीले भने,‘सरकारले गभर्नरलाई कारबाही गर्यो रे । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए ।’ साथै उनले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्