Logo
  माघ २१, २०७९ शनिबार

किन बढ्दो छ उम्मेदवारको धरौटी जफत?



काठमाडौँ, १७ कात्तिक । २०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो । २०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्‍याइयो । त्यतिबेला सदर मतको (६ भागको एक भाग) मत नल्याए धरौटी जफत हुन्थ्यो ।

हरेक निर्वाचनमा धरौटी रकम पनि बढ्दै गएको देखिन्छ । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार धरौटी निर्धारण गरिएको छ । २०१० सालको नगरपालिका निर्वाचनमा २६ जना उम्मेदवारको धरौटी जफत भएको थियो। तर, आजभोलि हजारौं उम्मेदवारको धरौटी जफत हुने गरेको छ ।

धरौटी रकम सरकारको सञ्चित कोषमा जम्मा हुन्छ । २०४८ को आम निर्वाचनमा उम्मेदवारलाई धरौटी शुल्कबापत ३ हजार रुपैयाँ तोकिएको थियो । २०५१, २०५६, २०६४, २०७० सालमा समेत लागू भयो। यो धरौटी शुल्क जुनसुकै क्षेत्रबाट पनि उम्मेदवार भएकालाई लागू गरिएको थियो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्